दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

549

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार न्यायाधीश कमला पौडेलले प्रसाईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन(२०६३ अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई थप १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका प्रसाईविरुद्ध कम्तीमा ५ वटा कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराध मुद्दामा उनलाई अभियोजन गर्ने सरकारी तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनीविरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी मुद्दा अगाडि बढाउने भएको छ ।

ओलीले कम्बोडियाको एक टेलीकम कम्पनीमा लगानी गरेको भनेर फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

तपाईको बिचार