विराटनगर । मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जना युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका -५ का ३३ वर्षीय दीपक धिमाल, मोरङकै कानेपोखरी गाउँपालिका -४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका -८ का २६ वर्षीय अमित लिम्बू रहेका मोरङका डीएसपी बेद जोशीले जानकारी दिए ।
धिमालको अरनिको अस्पताल उर्लाबारीमा, गुरुङको मदन भण्डारी अस्पताल मङ्गलबारेमा र अमृतको विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो। बिहीबार साँझ पूर्व-पश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी -३ मंगलबारे भन्ने ठाउँमा दुईवटा मोटरसाइकल आपसमा ठोकिएका थिए ।
घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मोरङकै पथरीशनिश्चरे -५ का ३८ वर्षीय विष्णु धिमालको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०५० प ८४०६ नम्बरको मोटरसाइकल र पश्चिम दिशाबाट आउँदै गरेको प्रदेश १-०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तपाईको बिचार