आफूलाई कारवाही गरेर देखाउन डाक्टर रावलको चुनौती, कार्यकर्ता अझै अलमलमा 

आफूलाई कारवाही गरेर देखाउन डाक्टर रावलको चुनौती, कार्यकर्ता अझै अलमलमा 

1155

राजेन्द्र कुँवर

नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आफूलाई कारवाही गरेर देखाउन चुनौती दिएका छन । जिल्ला ,प्रदेश हुँदै केन्द्रिय कमिटीलाई यसरी चुनौती दिदा डाक्टर भीमबहादुर रावलसँग रहेका नेता कार्यकर्ता भने अझै अलमलमा परेका छन । गृहजिल्ला अछाम पुगेका नेता रावलले मङ्गलबार साँफेबगरमा पत्रकार सम्मेलन तथा वाक नेपालले आयोजना गरेको  कार्यक्रमलाई सम्बोधन गर्दै ‘आफूलाई कारबाही गरेर देखाउन पार्टी नेतृत्वलाई चुनौती दिएका हुन् ।

साफेबगरमा पुगेर नेता रावलले नयाँ घोषणा गर्ने चर्चा चले पनि उनले नयाँ कदमका बारेमा विगतको झै अलमलको नीति लिए पछि अहिले पनि उनले लिएको वैचारिक लडाइका कारण प्रदेश जिल्ला र गाउँ स्तरमा रहेका नेता कार्यकर्ताको बिचल्ली हुने देखिएको बुझिन्छ ।
देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक खडा भएको केही मानिसहरूलाई बिझाइरहेको नेता रावलको टिप्पणी छ । त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन आफू सक्षम रहेको उनले दाबी गरे।

देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका विषयमा आफू जानकार रहेको र आफ्नो अडानमा अविचलित रहेको उनले बताए । त्यसै अनुसार चल्न एमालेका पार्टी नेता तथा कार्यकर्तालाई उनले निर्देशनसमेत दिए। पार्टी विचारशून्य अवस्थामा पुगेको भन्दै नेता रावलले ‘आफूले पार्टीको विधि ,विधानसिद्धान्तको पक्षमा बोल्दै आएको तर्फ एमाले नेता कार्यकर्ताको ध्यानाकर्षणसमेत गराए।

एमालेबाट कारबाहीको तयारी भइरहेको भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा रावलले भने, ‘पार्टीको सिद्धान्तलाई जोगाउनुपर्छ, विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु । पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि चालौँला ।’ रावलले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउँदै कार्यकर्ताको जनचाहना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरे ।

विगतमा पनि डाक्टर भीमबहादुर रावल गृह प्रदेश जिल्ला जादा केही न केही नयाँ कुराको घोषणा गरेर फर्किन्छन भनेर उनको आड भरोसामा रहेका नेता कार्यकर्तामा केही आशाका किरण पलाएका हुन्थे तर उहाँले प्रष्टसँग अघि नबढ्दा शक्ति क्षण भएको आकलन गरिएको थियोे


राष्ट्रिय राजनीतिको मुख्य केन्द्र बाट किनारमा लगाएका नेता डाक्टर भीमबहादुर रावल अहिले जिल्ला पुग्दा अब राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने निर्णय लिन सक्ने आकलन गर्दा सम्म अलमलको नीति लिए पछि थप निराशा पैदा भएको हो ।
सधैं डाक्टर भीमबहादुर रावलले यस्तै अलमलको नीति लिएर बस्ने हो भने उनी सँग भएको शक्ति दिन प्रती दिन घट्दै जाने निश्चित छ । 

तपाईको बिचार