जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित

जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित

167

काठमाडौँ, ९ असार । जनता समाजवादी पार्टीले चुनावमा अन्तर्घात गरेको भन्दै ५ जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ ।

आज काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गरेको हो ।

उनीहरुलाई छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार केन्द्रीय सदस्यबाट निष्कासन हो । कारबाहीको निर्णय चित्त नबुझे उनीहरुले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्ने छन् । जसपाको केन्द्रीय समिति बैठकले पार्टीको विधान मस्यौदालाई अनुमोदन गरेको छ । उक्त अनुमोदित विधानको मस्यौदा आइतबार काठमाडौँमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने छ ।

जसपाको बैठकले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चालाई अनुमोदन गरेको छ ।

तपाईको बिचार