सभामुख घिमिरेद्वारा त्रुटि सच्याउन निर्देशन

सभामुख घिमिरेद्वारा त्रुटि सच्याउन निर्देशन

133

काठमाडौँ, ५ असार । १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।

बैठक पुनः सुरु भएपश्चात् सभामुख देवराज घिमिरेले बजेट कार्यक्रम समावेश पुस्तिकामा प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यसअघि नै निर्देशन दिइसकेको बताए । बाँकी रहेका त्रुटि पनि तत्काल सच्याउन उनले निर्देशन दिए ।

सभामुख घिमिरेले भने, “हामी विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौँ । सम्बन्धित मन्त्रालयहरूबाट वार्षिक रूपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिकामा उल्लेखित केही विषयहरू, खासगरी प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यसअघि निर्देशन भइसकेको छ । साथै, त्यस्ता कुनै त्रुटिहरू भएका भए तत्काल सच्याउन पुनः निर्देशन गर्दछु,” ।

तपाईको बिचार

सम्बन्धित खबर