अध्यक्ष थापाको चेतावनी : 'मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्छ'

अध्यक्ष थापाको चेतावनी : ‘मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्छ’

180

काठमाडौँ, २९ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौँका अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप बढेर गएको दावी गरे । उनले यथास्थितिबाटै मुलुक रहिरहने हो भने दुर्घटना अवश्यम्भावी भएको जिकिर गरे ।

थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको बताए । उनले मुलुकको जर्जर आर्थिक अवस्थालाई बजेटले सम्बोधन गर्न नसकेकोमा आलोचना गरे । सस्तो लोकप्रियता र तालीको लागि भन्दा मुलुकको समस्याको दिगो समाधान तर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा थापाको जोड थियो ।

तपाईको बिचार