बहुसाँस्कृतिक विशेषता देशको मौलिक पूँजी : अध्यक्ष ओली

बहुसाँस्कृतिक विशेषता देशको मौलिक पूँजी : अध्यक्ष ओली

21

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  बहुसाँस्कृतिक विशेषताहरू हाम्रो देशको मौलिक पूँजीको रूपमा रहेको र एकता, सहिष्णुताको यस विशेषतालाई समृद्घ देश निर्माणमा सदुपयोग गर्नुपर्ने वताउनुभएको छ ।

शेर्पा समुदायको प्रमुख चाड ग्याल्पो ल्होसारका अवसरमा आज  दिनुभएको शुभकामना सन्देशमा अध्यक्ष ओलीले विभिन्न सँस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधार भएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी/दाजुभाइहरूमा सुस्वास्थ्य, समृद्घि, एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाईको बिचार