‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना हुने

‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना हुने

105

काठमाडौं । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन प्रवद्र्धन (एनटिपी) मल्टिमिडिया ग्रुपको आयोजनामा काठमाडौँको वसन्तपुरमा आगामी वैशाख १ र २ गते महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नयाँ शिराबाट पर्यटन प्रवद्र्धन गर्नुका साथै पर्यटनको नीतिगत बहस तथा छलफल चलाउने उद्देश्यले महोत्सवको तयारी गरिएको एनटिपीका अध्यक्ष विष्णुबहादुर विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार वैशाख १ गतेलाई आन्तरिक पर्यटन दिवसका रुपमा मनाउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव हरेक वर्ष हुनेछ ।

महोत्सवमा विभिन्न बिदाको पर्यटन केन्द्रित दश ‘सेसन’ सञ्चालन हुनेछन् । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुनेछ भने अन्तिम सेसन ‘पर्यटनमा राजनीति, मिसन, भिजन र भिजिट नेपाल’ शीर्षक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको हुने आयोजकले जनाएको छ ।

‘घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने’ मूल नाराका साथ आयोजना हुने महोत्सवको अन्य सेसनमा ‘पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास’, स्वास्थ्य पर्यटन, चलचित्र पर्यटन, चलचित्र पर्यटन, पर्यटनमा जलवायु परिवर्तनको असर र हिमाल सेसन सञ्चालन गरिनेछ ।

युवा पर्यटन अभियान्ता, सात प्रदेशको पर्यटन सम्भावना, सम्पदा, ‘एयरलाइन्स टुरिज्म’ का साथै नेपालमा रहेका विभिन्न विदेशी राजदूतको नेपाल अनुभव, खेल तथा सौन्दर्य पर्यटनबारे छलफल हुनेछन् ।

तपाईको बिचार