लायन्स कप २०२३ गर्ल्स फुट्सल टुर्नामेन्ट: माउन्ट ओलिभ स्कुल विजयी

लायन्स कप २०२३ गर्ल्स फुट्सल टुर्नामेन्ट: माउन्ट ओलिभ स्कुल विजयी

673

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित लायन्स कप २०२३ गर्ल्स फुट्सल टुर्नामेन्ट (lions cup Girls Futsal tournament )को उपाधी माउन्ट ओलिभ स्कुलले जितेको छ   फागुन १२ गते देखि शुरु भएको प्रतियोगिता अन्तर्गत  फागुन १५ गते भएको फाइनल खेलमा माउन्ट ओलिभ स्कुल ले महालक्ष्मी स्कुल लाई पेनाल्टी सुटआउटमा २/१ ले पराजित गर्न सफल भएको थियो।

त्यसैगरी प्रतियोगितामा सिद्धिमङ्गल मावी ले तेस्रो स्थान र भानुदय स्कुलले चौथो स्थान प्राप्त गर्न सफल भए। लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्डसले आयोजना गरेको प्रतियोगितामा महालक्ष्मी नगरपालिकाका  १३ वटा विद्यालय सहभागी थिए ।

सो प्रतियोगितामा पहिलो हुने माउन्ट ओलिभ लाइ नगद २५ हजार दोस्रो हुने महालक्ष्मी स्कुललाई  १५ हजार र तेस्रो हुने सिद्धिमङ्गल बिधालयलाइ १० हजार  नगद सहित  कप ट्रफी मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो। प्रतियोगितामा ११ गोल गर्न सफल  माउन्ट ओलिभकि सरु तामाङ सर्वाधिक गोलकर्ता र महालक्ष्मी  विद्यालयकि मनिशा तामाङ उत्कृष्ट खेलाडी घोषित भए।

विजयी टिम र खेलाडीहरु लाई महालक्ष्मी नगरपालिका उप प्रमुख लक्ष्मी महर्जन  लायन्स क्लब इन्टरनेशनल ३२५ का पास्ट डिस्ट्रीक गभर्नर अनुप कुमार पहारी  डिस्ट्रीक ३२५ पि का चिफ एड्भाइजर दिनेश खरेल सिनियर डिस्ट्रीक एड्भाइजर  ज्योती के सि लगायत लायन्स का पदाधिकारी हरु अमर ज्योती रन्जित  यदुराज लामिछाने ,दिपक थापा, पुरुषोत्तम बस्नेत लगायतले नगद ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए।

प्रतियोगितामा विजयी खेलाडीहरु ,उत्कृष्ट खेलाडी एवम उच्च गोलकर्ताहरुलाइ नेपाली कपडा ब्रान्ड केड कि प्रबन्ध निर्देशक दिप्रीना शाक्यले उपहार प्रदान गरीन। लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्डसका प्रेसिडेन्ट लायन दिप्रश शाक्यले छात्रा हरुलाइ प्राथमिकता र प्रोत्साहन दिनका लागि प्रतियोगिता आयोजना गरिएको बताए।

छात्राहरुको क्षमता अभिवृद्धिका लागि लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्डस ले कार्यक्रम संयोजक श्रृस्टि बज्राचार्य  अमर महर्जन  अल फर बल लगायतको सक्रियतामा केही महिना अघि देखिनै महालक्ष्मी नगरपालिकामा विभिन्न सरकारी विद्यालयका छात्राहरुलाइ फुटबल, निशुल्क फुट्शल तालिम र ओरियन्टसन लगायतका कार्यक्रम हरु संचालन गर्दै आएको छ। छात्रा हरुको फुट्सल तालिमको लागि लेजेन्ड फुटसलले निशुल्क मैदान उपलब्ध गराएको थियो।

तपाईको बिचार