विदेशीको इसारामा चल्ने दलहरुले अहिले सरकारको नेतृत्व गरिरहेका छन्: अध्यक्ष ओली

विदेशीको इसारामा चल्ने दलहरुले अहिले सरकारको नेतृत्व गरिरहेका छन्: अध्यक्ष ओली

713

सुर्खेत, १० असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले‌ राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने एमाले मात्र रहेको बताउँदै विदेशीको इसारामा चल्ने दलहरुले अहिले सरकारको नेतृत्व गरिरहेको  बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजित‌ एमाले कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गरिएको बताएका छन् । सबै प्रकारका बाधा, व्यवधानलाई पराजित गर्दै समृद्ध नेपाल निर्माण गर्ने पार्टी एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गरिएको बताए । अध्यक्ष ओलीले एमाले‌ सबै खाले व्यवधानलाई पराजित गर्दै अगाडि बढ्ने पार्टी रहेको बताए ।  त्यसको लागि मिसन २०८४ अभियान चलाइएको भन्दै उनले २०८४ लाई अर्थपूर्ण वर्षका रुपमा मनाउनुपर्ने  समेत बताए ।

अध्यक्ष ओलीले एमाले अरुले फैलाएको भ्रमका पछि नपर्ने र के गर्ने भन्ने कुरा एमालेलाई राम्रोसँग थाह भएको बताए । एमाले देशभक्ति पार्टी रहेको दाबी गर्दै उनले अरु कुनै दलले राष्ट्रिय हितमा काम नगरेको समेत बताए । यस्तै अध्यक्ष ओलीले एमालेलाई विकासको नायकत्व लिने पार्टी बनाउने अभियानमा लागिएको पनि बताए । सोही अनुसार पार्टीको अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।

तपाईको बिचार