जहाँ युवा संघ, त्यहाँ उत्पादन अनिवार्य हुनुपर्छ : ईन्चार्ज बस्नेत

जहाँ युवा संघ, त्यहाँ उत्पादन अनिवार्य हुनुपर्छ : ईन्चार्ज बस्नेत

663

बारा। नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघको ९औं महाधिवेशनले सिङ्गो युवा आन्दोलनको नयाँ सन्देश दिने उद्घोष गर्दै उहाँले संघभित्र नयाँ बहस जरुरी रहेको धारणा राख्नुभयो ।

विगतमा युवा आन्दोलनमा उठेका धेरै प्रश्नहरुको उत्तर संघले दिनुपर्ने उल्लेख गर्दै उहाँले ‘जहाँ युवा संघ, त्यहाँ उत्पादन’ हुनुपर्नेमा जोड दिनुभयो । युवा संघ भएको ठाउँमा उत्पादन अनिवार्य हुनुपर्ने उल्लेख गर्दै उहाँले समस्या समाधान गर्ने कार्यकर्ता संघले जन्माउनुपर्नेमा जोड दिनुभयो । संघले आगामी दिनमा सदस्यता वितरण गर्ने कार्यमा विशेष गरी दुई वटा कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

‘१६–२७ वर्षसम्मका युवालाई सदस्यता वितरणमा विशेष ध्यान दिनुपर्ने छ’, उहाँले भन्नुभयो, ‘महिला युवाहरुको सहभागिता बढाउनुपर्ने छ, संघले नयाँ युवाको भर्ती गर्नुपर्ने छ ।’ संगठित शक्तिमा एमालेले विश्वास गर्ने उल्लेख गर्दै उहाँले संघका नेता तथा समाजका प्रतिष्ठित व्यक्ति बन्ने गरी नविनतम सोचका साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘संघ राष्ट्रवादी, जनवादी हुनुपर्छ, समाजको उत्पिडन हुनुपर्छ, सामाजिक हिंसाको विरुद्धमा हुनुपर्छ । आवाज विहिन जनताको सारथी हुनुपर्छ । सामाजिक न्यायका पक्षमा संघ अग्रभागमा हुनुपर्छ । पदीय लोभमा लाग्ने हुँदैन, पार्टी र संगठनलाई सफल बनाउनुपर्छ ।’ संघको महाधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयत्न गर्ने उल्लेख गर्दै उहाँले नेतृत्व चयनमा विगतका कमजोरिलाई हटाउँदै नविनतम सोचका साथ संघ अगाडी बढ्ने विश्वास दिलाउनुभयो ।

तपाईको बिचार