एनपीएल २०२६ को खेलाडी अक्सन: १५५ खेलाडीमध्ये ५२ खेलाडी अनुबन्ध

519
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 30;

काठमाडौं । मिनी अक्सनमार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि ५२ खेलाडी अनुबन्ध भएका छन् । सोमबार काठमाडौंमा भएको अक्सनबाट १५५ खेलाडीमध्ये ५२ खेलाडी विभिन्न ८ टोलीमा अनुबन्ध भए ।

अक्सनमा राष्ट्रिय टोलीका ओपनर एवम् विकेटकिपर ब्याटर आसिफ शेख सर्वाधिक रकममा अनुबन्ध भए । उनलाई अनुबन्ध गर्न चितवन राइनोजबाहेकका ७ टोलीले बोली लगाएका थिए । लक्की ‘ड्र’ मा लुम्बिनी लायन्स भाग्यमानी बन्यो । दोस्रो सिजनको विजेता लुम्बिनीले २० लाखमा आसिफलाई अनुबन्ध गरेकाे छ। पहिलो र दोस्रो सिजन मार्की प्लेयरका रुपमा खेलका आसिफलाई यसपटक जनकपुर बोट्सले रिलिज गरेको थियो । घाइते भएर अघिल्लो सिजन गुमाएका विवेककुमार यादव, रुपेश सिंह, तृतराज दास र अर्जुन घर्ती अधिकतम मुल्य १५ लाखमा अनुबन्ध भए।

सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगरले रुपेशकुमार सिंहलाई अधिकतम मूल्यमा टोलीमा अनुबन्ध गर्‍यो । विराटनगरसहित पोखरा, चितवन र सुदूरपश्चिमले रुपेशलाई अधिकतम मूल्यमा खरिद गर्न बोली लगाएका थिए । त्यसमा विराटगनर भाग्यमानी बन्यो ।

अक्सनबाट विराटनगरले रुपेशसहित ६ खेलाडीलाई खरिद गरेको छ । नरेन साउद, दिलसाद अली, सुजन थपलिया, अपराजित पौडेल र प्रतिक श्रेष्ठ अक्सनमार्फत विराटनगरमा भित्रिएका छन् ।

विराटनगरले सन्दीपसहित लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिस जिसी र सुभाष भण्डारीलाई रिटेन गरेको छ ।

अक्सनमार्फत भित्रिएका खेलाडीहरू : रुपेश कुमार सिंह (१५ लाख), नरेन राउद (५ लाख), दिलसाद अली (५ लाख), सुजन थपलिया (४ लाख २५ हजार), अपराजित पौडेल (२ लाख), प्रतिक श्रेष्ठ (२ लाख) र इम्रान शेख (२ लाख) ।

कर्णाली याक्सले रिलिज गरेको दुई खेलाडीलाई अक्सनमार्फत भित्रायो । कर्णाली यसअघि रिलिज गरेका विपिनप्रसाद शर्मा र दीपेन्द्र रावतलाई पुनः अनुबन्ध गरेको हो । यसबाहेक शुभ कंशाकार, सूर्य तामाङ, दिवन पुन र सचिन शर्मा पनि कर्णालीमा भित्रिए ।

सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, दीपक डुम्रे, पवन सर्राफ, युनिश विक्रम ठाकुरी र युवराज खत्रीलाई कर्णालीले यसअघि नै रिटेन गरिसकेको छ ।

अक्सनमार्फत भित्रिएका खेलाडीहरू : शुभ कंशाकार (१० लाख), विपिनप्रसाद शर्मा (५ लाख), दीपेन्द्र रावत (५ लाख), सूर्य तामाङ (२ लाख), दिवन पुन (२ लाख), सचिन शर्मा (२ लाख) ।

तपाईको बिचार

सम्बन्धित खबर