काठमाडौँ । बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १८औं वार्षिक साधारणसभा यही चैत २१ गते शनिबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष उमेशजंग रायमाझीको अध्यक्षतामा सम्पन्न साधारणसभाले रिक्त कोषाध्यक्ष पदमा उद्वव ढुङ्गेल , लेखा सुपरीवेक्षण समिति संयोजकमा मानबहादुर खड्का, सदस्यहरुमा रामबहादुर कार्की र गोविन्दराज पौडेललाई निर्विरोध चयन गरेको छ ।
यस सहकारीले कुल १०० शैय्याको स्वीकृति प्राप्त अस्पतालसंगै शैक्षिक कार्यक्रम तर्फ ४०-४० सिटको नर्सिङ र हेल्थ असिस्टेन्ट (एचए) विषय पढाउने कलेज समेत सञ्चालन गरिरहेको छ । नेपाली कांग्रेसको संस्थापक बीपी कोइरालाको नामबाट स्थापित यो अस्पताल सामुदायिक सहकारी मोडलबाट सञ्चालित अस्पताल हो । बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ समेत रहेका अस्पताल सञ्चालक समितिका महासचिव डा. धनबहादुर राना मगरका अनुसार अस्पतालले सहुलियत दरमा विशिष्टीकृत सेवा दिदै आएको छ। उनले ओपिडी, फार्मेसी देखि रेडियोग्राफीका विभिन्न विधा साथै प्रयोगशाला परीक्षणका सेवाहरु अस्पताल परिसरमै नियमित रुपमा उपलव्ध भएको बताए ।
साधारणसभामा नेपाली काँग्रेस नेता एवं अस्पतालका संस्थापक अध्यक्ष डा शेखर कोइरालाले अस्पताल स्थापनाको १८ वर्षको अवधीमा धेरै सेवाहरु प्रदान गर्न सक्षम भएको बताए । उनले अस्पतालको सेवा र गुणस्तरमा कमी नहोस भन्दै त्यसका लागि कार्यदल बनाएर जान सकिने समेत धारणा व्यक्त गरे ।
कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष उमेशजंघ रायमाझीले अस्पतालको सेवा सुधारका लागि आफ्नो तर्फबाट पहल गरिरहेको भन्दै सामुहिक प्रयासबाट अझ राम्रो बनाउन सकिने धारणा व्यक्त गरे । उनले सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई पनि अस्पताल सुधारका लागि देखेका कमि कमजोरी औल्याईदिन र सुझाव दिन आग्रह गरे ।
तपाईको बिचार