पर्सा । कर्तव्य ज्यान मुद्दामा वारदात पश्चात् फरार रहेका प्रतिवादीलाई २० वर्षपछि जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साविक वीरगञ्ज उपमहानगरपालिका–२ (हाल वीरगञ्ज महानगरपालिका–५) निवासी ४३ वर्षीय दिनेश कुमार तिवारीलाई प्रहरीले पक्राउ गरेको हो। तिवारीमाथि २०६२ साल मंसिर महिनामा घटेको ज्यानसम्बन्धी घटनामा संलग्न रहेको आरोप छ।
प्रहरीका अनुसार अंशबण्डाको विषयमा भएको विवादका क्रममा कर्तव्य ज्यान भएको उक्त घटनापछि तिवारी फरार थिए। उनलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली तथा इलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०८१ माघ १२ गते बिहान करिब १० बजे वीरगञ्ज महानगरपालिका–४ क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका तिवारीलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
तपाईको बिचार