जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छ : सन्तोष परियार

जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छ : सन्तोष परियार

603

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले समकालीन नेपाली राजनीतिको चेतना जगाएको बताएका छन्। आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले समावेशी राजनीति निर्माण नहुँदा पुस्तागत विद्रोह कसरी उत्पन्न हुन्छ भन्ने कुरा जेनजी आन्दोलनले स्पष्ट पारेको बताए।

परियारका अनुसार, ‘भदौ २३ र २४ मा देखिएको आन्दोलनले पुस्तौपुस्ताले बेवास्ता भोग्दा कस्तो स्तरको विद्रोह हुन सक्छ भन्ने प्रमाणित गर्‍यो,’ जेनजी आन्दोलनले राजनीतिको आँखै खोलिदिएको उनले दाबी गरे।

उनले आजको घोषणासभा नयाँ पार्टी गठनभन्दा बढी सबै लोकतान्त्रिक, प्रगतिशील र राष्ट्रप्रेमी शक्तिहरू एक ठाउँमा आउने दिन भएको बताए।
परियारले भने, ‘यो केवल एउटा पार्टी बनाउने कार्यक्रम होइन। अहिलेको संकटपूर्ण अवस्थामा राष्ट्र बचाउन चाहने सबै शक्तिहरू जम्मा हुने दिन हो।’

त्यस्तै, संविधानले प्रदान गरेको लोकतान्त्रिक अधिकार नै खोसिने खतरा उत्पन्न भइरहेको भन्दै उनले संविधानमाथि विभिन्न प्रकारका संकट देखिन थालेको बताए। आफ्नो पुस्ताको सबैभन्दा ठूलो चुनौती भनेको राज्यप्रति गुमेको विश्वास पुनःस्थापित गर्नु नै रहेको पनि परियारले उल्लेख गरे।

तपाईको बिचार