काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै सभामुख पाठकले २०८२ असोज १ गते नै राजीनामा दिएको जानकारी गराएको हो ।
उनले उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गरी पदबाट राजीनामा दिएका थिए । प्रदेश सभा नियमावली २०७४ को नियम १८४ को उपनियम ९२० बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।
उनी राप्रपाबाट प्रदेश सभामा निर्वाचित भएपछि सभामुख भएका थिए ।
तपाईको बिचार