बारामा तनाव र हिंसा : संयम अपनाउन नेकपा संयोजक प्रचण्डको आग्रह

बारामा तनाव र हिंसा : संयम अपनाउन नेकपा संयोजक प्रचण्डको आग्रह

617

बारा । बाराको सीमावर्ती क्षेत्रमा हिजोदेखि देखिएको तनावपूर्ण अवस्था र केही स्थानमा भएका हिंसात्मक घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले परिस्थितिलाई थप हिंसात्मक मोड नदिई सबै पक्षले उच्च स्तरको संयम अपनाउन अपील गरेका छन्।

संयोजक प्रचण्डले भने अनुसार, लोकतान्त्रिक प्रणालीभित्र राजनीतिक तथा वैचारिक मतभेद स्वाभाविक भए पनि त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृतिविरुद्धको कार्य हो। उनले राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई निर्वाचन प्रक्रियामा जिम्मेवारीपूर्ण रूपमा सहभागी हुन, सभा–समारोह शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्न र संवादको वातावरण बनाउन आग्रह गरे।

घोषित निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वासयोग्य बनाउन कुनै पनि घटना वा गतिविधिले नकारात्मक असर नपारोस् भन्ने उद्देश्यले सबै पक्षलाई सचेत र उत्तरदायी भएर अघि बढ्न संयोजक प्रचण्डले अनुरोध गरेका छन्।

त्यस्तै, स्थानीय पार्टी संरचनाहरूलाई परिस्थितिलाई सामान्य बनाउन आवश्यक समन्वय र सहयोग गर्न निर्देशन दिइएको छ।

तपाईको बिचार