सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा सरकारलाई रु. १ करोड ५० लाख सहयोग

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा सरकारलाई रु. १ करोड ५० लाख सहयोग

640

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी भौतिक संरचनाको पुनर्निर्माण र राहतका लागि नेपाल सरकारलाई रु. १ करोड ५० लाख आर्थिक सहयोग गरेको छ। कम्पनीले उक्त रकमको चेक अर्थ मन्त्रालयमार्फत सरकारलाई हस्तान्तरण गरेको जनाएको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम थापाले उक्त चेक अर्थ मन्त्रालय, सिंहदरबारमा बुझाएको पत्रमार्फत जानकारी दिएका छन्। पत्र अनुसार, कम्पनीले राष्ट्रिय आवश्यकताको बेला सधैं सरकारसँग सहकार्य गर्दै आएको र जनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण तथा राहत कार्यमा सहयोगस्वरूप उक्त रकम प्रदान गरिएको उल्लेख गरिएको छ।

थापाले भनेका छन्, “देशमा विपत्तिका बेला राष्ट्रिय जिम्मेवारीबोधका साथ सहयोग पुर्‍याउनु हाम्रो कर्तव्य हो। यसअघि पनि हामीले विभिन्न प्राकृतिक र सामाजिक संकटका समयमा सरकारलाई सहयोग गरेका छौं।”

सूर्यज्योति लाइफ इन्स्योरेन्सले “जनहितका कार्यमा सक्रिय सहकार्य गर्ने” नीति अनुरूप निरन्तर सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

तपाईको बिचार