अमेरिका स्थित युएनएको सञ्चार प्रमुखमा दिबस खनिया नियुक्त

अमेरिका स्थित युएनएको सञ्चार प्रमुखमा दिबस खनिया नियुक्त

1517

काठमाडौ । लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका दिबस खनियालाई युनाइटेड नेप्लिज एसोसियसन (युएनए) को सञ्चार प्रमुखमा औपचारिक रूपमा नियुक्त गरिएको छ।

संस्थाका अध्यक्ष भक्त भण्डारी र संस्थापक अध्यक्ष तथा व्यवसायी पासाङ लामाले खनियालाई नियुक्तिपत्र प्रदान गर्दै, उनको सक्रियता र योगदानले युएनएलाई अझ नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

नेपालमा युवामाझ लोकप्रिय परिचय बनाएका खनिया टेलिभिजन कार्यक्रम, सार्वजनिक संवाद र विभिन्न सञ्चार गतिविधिबाट परिचित छन्। उनले समाजलाई दिगो योगदान दिँदै आएका छन्। पछिल्ला वर्षहरूदेखि भने उनी अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका छन्।

यस अवसरमा अध्यक्ष भण्डारीले संस्थाले आगामी दिनमा अन्य देशहरूमा पनि आफ्नो संरचना विस्तार गर्ने योजना रहेको जानकारी गराए। साथै, विदेशमा रहेका नेपालीहरूको वंशजको नागरिकताको निरन्तरतासम्बन्धी मुद्दा संस्थाले सशक्त रूपमा उठाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

युएनएले आफूलाई कुनै दल वा राजनीतिक स्वार्थमा बाँधिन नदिने उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र सबै नेपालीहरूको साझा संस्था बन्ने स्पष्ट संदेश दिएको छ।

तपाईको बिचार

सम्बन्धित खबर