ईलाम, ४ भदौ । ईलाम नगरपालिका वडा नं. ९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेलीब्रिज औपचारीक सञ्चालनमा आएको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गर्नु भएको हो ।
भारतीय सरकारको सहयोगमा सो पुल उपलव्ध भएको हो । उक्त पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ्, पाँचथर र ईलामका बासिन्दालाई झापा सम्मको आवत जावत सहज भएको छ । उक्त पुल ४८.८ मिटरको रहेको सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । १ करोड ४८ लाख रुपैयाँको लाखको लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले सो पुल निर्माण गरेको हो ।
यो पुल सञ्चालनमा आएसँगै पहाड र तराईको दुरी समेत छोटो भएको छ । पुल निर्माणले यातायात सञ्चालनमा सहज हुनका साथै स्थानीय कृषि उपजहरुको बजारीकरण भई स्थानीयको आर्थिक स्तर सुधारमा पनि सघाउ पुग्ने विश्वास गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताउनुभयो ।
पुल उद्घाटन समारोहमा संघीय सांसद महेश बस्नेत, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसी, पुल महाशाखाका प्रमुख ललिजन खनाल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख बिनोदकुमार मौवार, ईलाम नगरपालिकाका प्रमुख केदार थापा, अन्य जनप्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।
तपाईको बिचार