सम्पदाहरूको संरक्षण गर्न सरकार गम्भीर छ : मन्त्री किराँती

सम्पदाहरूको संरक्षण गर्न सरकार गम्भीर छ : मन्त्री किराँती

763

बुटवल, ८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले  विभिन्न सम्पदाहरूको खोजी गरी संरक्षण  गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

लुम्बिनी विकास कोषको परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरूले जोगाएको सम्पदालाई मौलिक रूपमा नै संरक्षण गर्नुपर्ने बताए। मन्त्री किराँतीले सम्पदाहरूलाई संस्कृति र प्रकृतिमैत्री रूपमा विकास गर्नुपर्ने बताए । पुर्खाले छाडेर गएका सम्पदाहरूको खोजी गरेर सम्पदालाई सम्पदाकै रूपमा विकास गर्ने नीति सरकारले लिने मन्त्री किराँतीले रहेको बताए ।

ऐन नियमहरूलाई समयअनुकल बनाउन पुनर्लेखन र संशोधन गर्ने, मन्त्रालय मातहत रहेका ऐन कानुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बोक्न सक्ने गरी संशोधन गर्ने, मन्त्रालय मातहतका विभागहरूमा देखिनेसरि परिणाममुखी काम गर्ने र आधारभूत रूपमा भएका कामहरूको मसिनो गरी फलो अप गर्ने उनले बताए ।

तपाईको बिचार