काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मेडिकल व्यवसायी तथा राजावादी अभियानमा संलग्न दुर्गा प्रसाईंँग बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयान लिन सुरु गरेको छ ।
सोमबार ब्युरोले उच्च सरकारी वकिल कार्यालयमा झिकाएर उनीसँग बयान लिन सुरु गरेको हो।
सीआईबीका अनुसार उनले विभिन्न बैंकबाट करिब ५ अर्ब ऋण लिएका छन् । तर, उनले जुन प्रयोजनका लागि ऋण लिएका हुन् त्यसविपरीत प्रयोग गरेर बैंकिङ कसुर गरेको अनुसन्धानबाट खुलेको छ ।
उनले लिएको ऋणको अहिले ब्याजसहित करिब ७ अर्ब पुगेको बताइएको छ । अहिले यस सम्बन्धमा बैंकिङ कसुर मुद्दामा मात्रै अनुसन्धान भइरहेको र पछि सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।
चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनी केही साताअघि भारतबाट पक्राउ परेका थिए ।
उनलाई नेपाल ल्याएर अहिले जिल्ला प्रहरी परिसरले भने राज्य विरूद्धको मुद्दामा अनुसन्धान गरिरहेको छ
तपाईको बिचार