शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन एमाले महासचिव पोखरेलको आग्रह

शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन एमाले महासचिव पोखरेलको आग्रह

663

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले दिएको आदेशअनुसार आन्दोलनरत शिक्षकलाई विद्यालयमा फर्काउने वातावरण बनाउन आह्वान गर्नुभएको छ ।

एमाले महासचिव पोखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै अदालतले दिएको आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नुभएको बताउनुभयो । यसका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।

महासचिव पोखरेलले के लेख्नुभएको छ त ?

सर्वोच्च अदालतले वालवालिकाको भविष्यका वारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएछ । कतिपय शिक्षक नेताहरु उक्त आदेस सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको छ । हो आदेस त सरकारलाई हो । तर चिन्ता विद्यालय वन्द भएको कुरा प्रति हो । त्यसमाथि सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनवाट जारी गर्दछौ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरुको हठका विरुद्धमा हो । अव हठ त्यागेर अनौपचारिक रुपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरुलाई विद्यालय फर्काउने वातावरण तयार गरौ ।

उक्त आदेस पछि सरकारका लागि अदालतको आदेसको कार्यान्वयन गर्नु पर्ने वाध्यता उत्पन्न भएकोछ । उक्त आदेसको मुल पक्ष विद्यालय र परिक्षा समयमै संचालन गर्नु हो । सबै पक्ष जिम्मेवार बनौ ।

तपाईको बिचार

सम्बन्धित खबर