यु-१९ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियु्क्त

यु-१९ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियु्क्त

591

काठमाडौं, ५ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई राष्ट्रिय यु १९टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

 

साथै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले मंगलबार श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन ।

 

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चलमा हुँदैछ । ६ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’ मा साबिक विजेता बंगलादेश, माल्दिभ्स र भुटान तथा समूह ‘बी’ मा नेपाल, भारत र श्रीलंका रहेका छन् ।

 

नेपालले मे ११ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले मे १३ मा घरेलु टोली भारतको सामना गर्नेछ ।

तपाईको बिचार