राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

733

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आज बैठक बोलाइएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए ।

उनका अनुसार समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पु¥याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको हो ।

पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति कार्यक्रम ल्याउन बैठकमा छलफल गरिने नेता प्रधानले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर