चैत्र १५ गते समाजवादी माेर्चाले वृहत प्रदर्शन गर्दै

चैत्र १५ गते समाजवादी माेर्चाले वृहत प्रदर्शन गर्दै

947

आज  बिहान बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय गरेकाे हाे । आज बिहान एकीकृत समाजवादी पार्टीकाे केन्द्रीय कार्यालयमा माेर्चाकाे बैठक बसेकाे थियाे ।

बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार १५ गतेको वृहत् प्रदर्शनलाई भव्य बनाउनका लागि हजारौँको सहभागितालाई सुनिश्चित बनाउने निर्णय गरेको हाे ।

यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ ।

यस विषयमा जानकारी दिनका लागि दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने उनले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर