सिद्धबाबा सुरुङ मार्ग ‘ब्रेकथु’ पछि प्रधानमन्त्री ओलीलाई याद आयो त्यो पीडाको दिन......

सिद्धबाबा सुरुङ मार्ग ‘ब्रेकथु’ पछि प्रधानमन्त्री ओलीलाई याद आयो त्यो पीडाको दिन……

813

आज खुशीको दिन हो । हामीले सिद्धबाबा सुरुङको ब्रेक थ्रुु गर्न सफल भएका छौं । केही वर्ष अगाडि म बुटबल भ्रमणमा आउँदा त्यहाँ प्रिया भण्डारी र केही कलाकारहरुले गीत गाउनुु भएको थियो–कहिले बन्छ नेताज्यू सिद्धबाबा खण्ड ? भनेर । साह्रै पीडाको, चासोको र जिज्ञासाको विषय थियो यो बाटो । यो बाटो नबन्दा हरेकौं वर्ष बस दुर्घटना हुने, पहिरोमा पर्ने, पहिरोले गाडी बगाउने, गाडी नै फेला नपर्ने, फेला परे पनि अस्थिपञ्जर गाडीको वा मान्छेको फेला पर्ने दुुःखदायी अवस्था थियो । त्यसबाट उत्तरी भेग र दक्षिणी भेगका लागि यात्रा गर्ने जनता वास्तवमा अत्यन्तै पीडित थिए र त्यो पीडाबाट जोगिन चाहन्थे र त्यो गीत त्यसैकारण उब्जिएको थियो–कहिले बन्छ नेताज्यू सिद्धबाबा खण्ड भन्ने  । त्यो जनताको आवाज गीतको रुपमा घन्किएको थियो । जनताले आफ्नै भाषामा पनि त्यो गीत गाउन्थे अथवा आफ्नै भाषामा त्यो भन्थे ।
आज ती प्रश्नले जवाफ पाएको छ, अब बन्यो सिद्धबाबा खण्ड । अब सुरुङको रुपमा बन्यो । अब पहिरो नजाने र नभत्किने गरी बन्यो । बीचमा कुनै गम्भीर क्षति र नोक्सानी नभइकन बन्यो । सफलतापूर्वक बन्यो ।
म त्यहाँ निरीक्षणमा जाँदा कि यस्तो ठाउँमा पनि सुरुङ हुन्छ र भनेर मान्छेहरु भन्दै थिए । तर हुन्छ, हुँदो रहेछ । सिद्धबाबा खण्डको बाटोलाई सुरुङ मार्गबाट सहज तरिकाले निकास दिने काम भएको छ । यस अवसरमा म तपाईंहरुलाई बधाई भन्न चाहन्छुु र सबैलाई शुभकामना भन्न चाहन्छुु । बधाई यसकारण कि तपाईंहरु त्यस पीडाबाट तपाईंहरु मुक्त हुनुभएको छ, शुुभकामना यसकारण कि यसको लाभ लिनुस् र यस लाभबाट तपाईंहरुको सहज आवागमन, सामाजिक सम्बन्ध, आर्थिक सम्बन्ध, बन्दव्यापारदेखि लिएर अरु आर्थिक क्रियाकलापदेखि लिएर चाडवार्डदेखि लिएर सबै कुराहरुको आदान प्रदान गर्न सक्नुु हुन्छ । आफ्नो ठाउँको उत्पादन अर्को ठाउँमा पुु¥याउने, अर्को ठाउँको उत्पादन आफ्नो ठाउँमा ल्याउने कामहरु गर्न सक्नुु हुन्छ । अब तपाईंहरु एउटा ठूलो सुविधाको क्षणमा प्रवेश गर्दै हुनुहुन्छ । यद्यपि सबै बाटो बनिसकेको छैन तर अब टनेल नै ब्रेक थु्र भएसकेपछि, टनेल मार्ग नै तयार भएपछि बाटो कुनै कुराको कमि रहने छैन । अब पाल्पा, पोखरा, गुल्मी, अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जानका लागि सबै कुराको अनुकूलता त्यहाँबाट भएको छ । त्यसै गरेर कालिगण्डकी करिडोरसँग यो बाटो पर गएर जोडिन्छ । जसबाट सडकको एउटा सञ्जालको रुपमा यसले काम गरेको छ । यसका निम्ति यसमा सहयोगकर्ताहरुलाई, दाताहरुलाई पनि धेरैधेरै धन्यवाद भन्न चाहन्छुु । छोटो समयमै यस कार्यलाई सम्पन्न गर्नुभएकोमा ठेकदार कम्पनीलाई पनि धन्यवाद भन्न चाहन्छुु । यसको मुख्य चुनौतीको पाटो सुरुङ मार्ग थियो, त्यो छिचोलिएको छ ।
मैले धेरै अगाडि, जतिबेला नागढुुंगा–नौबिसे सुरुङ खण्डको शिलान्यास गर्दै थिएँ, त्यसबेला मैले भनेको अब नेपालमा टनेल युुगको प्रारम्भ भयो अथवा हामी नेपालीहरु अब टनेल युुगमा प्रवेश गरेका छौं । अब विस्तारै विस्तारै दुुर्गम कच्ची पहाडहरु चढ्दै, पहिरो जाने पहाडहरु चढ्दै गाडीहरु घुुमाएर मनमा दुर्घटनाको क्रास बोकेर यात्रा गरिरहनुु पर्ने छैन । धेरै हामी त्यस्ता बाटाहरुलाई छोटा बाटाको रुपमा सुरुङ मार्गबाट वल्लो वेसीबाट पल्लो वेसी र अझ पल्लो वेसी निकाल्दै सहज ढंगले छोटो बाटोबाट टाढाको दुुर्गम सहज नहुने गन्तव्यहरु छोटो मार्गबाट पुुग्न सक्छौं र त्यो हामी प्राप्त गर्न सक्छौं । पहाडहरुका लागि त्यसबाट सम्पर्क बाटाहरु निर्माण गरेर हामी ती कामहरु गर्न सक्छौं । हामी त्यहाँ लिंक रोडहरु बनाउँछौं, रिभर करिडोरहरु बनाउँछौं । नेपालका सबै जिल्लामा अहिले गाडी पुुगिसकेको छ । त्यस्तो अवस्थामा नेपाल दुुर्गम भन्ने हिजो झै रहेन तर यसलाई अझ सुुगम बनाउदै लाने छौं । विभिन्न खालका सञ्जालका बाटाहरु, सुरुङ मार्गहरु, झोलुुङ्गे पुलहरु, पुुलहरु, हवाइ यातायात, हवाई मार्गहरु, मैदानहरु लगायतका अनेक केवलकारहरु जस्ता कुराहरुबाट हामी अनेक ठाउँहरुलाई सुुगम र रमाइला ठाउँहरु र विकसित ठाउँहरुका रुपमा परिणत गर्ने छौं । त्यसकारण अब नेपाल विस्तारै दुुर्गमबाट सुुगम रुपमा, पिछडिएको देशबाट अगाडि बढेको देशको रुपमा, अल्पविकसित देशबाट विकासिल देशको रुपमा र शिक्षा, स्वास्थ्यमा वञ्चित वा पछाडि परेको स्थितिबाट सामान्य अवस्थातर्फ छिटै अग्रसर हुुँदैछ भन्ने यी कुराहरुले देखाएका छन् ।
म दाजुुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छुु, यो खुशी तपाईं हामीको खुुशीको हो । यो सिंगै देशको खुुशी हो । यो पाल्पा र रुपन्देहीजस्ता जिल्लाहरुको ठूलो खुशी हो । त्यति मात्रै होइन, पाल्पा, स्याङ्जा, कास्की र अरु जिल्ला यो यस बाटोबाट सजिलैसँग बुुटबल अथवा बुुटबलबाट पूर्व–पश्चिम जानुु पर्दछ, त्यो सजिलो हुन्छ । त्यसकारण यो सुरुङ मार्गको विशेष महत्व छ र यो एउटा ऐतिहासिक घटना हो । यो इतिहासमा पहिलो पल्ट घटित भएको र पहिलो पल्ट प्राप्त भएको सफलताको कुरा हो । त्यसकारण म सबैमा खुशी व्यक्त गर्न चाहन्छुु । सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छुु । जसले यसमा काम गर्नुभएको छ, कामदारहरुलाई, मजदुुरहरुलाई, इन्जिनियरहरु सबैलाई पनि धन्यवाद भन्न चाहन्छुु । स्थानीय जनता, जसले यस सुरुङ मार्गको निर्माणका लागि सरकारलाई झक्झकाउने काम, हामी सबैलाई झक्झकाउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुुभएको छ, म उहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छुु । यो हामी सबैको सफलता हो । यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ । यस्तै उपलब्धिहरुलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ । यस्तै पछौटेपनहरुलाई चिर्दै जाने घटनाहरुबाट, उपलब्धिहरुबाट जोडिंदै गएर पछौंटेपन समाप्त पारिएको देश हुनेछ । हामी आशावादी बन्न सक्नुु पर्दछ । अहिलेको सरकार विकासका लागि बनेको छ । यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक सुुरु भएका कामहरु अगाडि बढेका छन् । अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ । यी कुराहरुमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुु¥याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ । तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौं हाम्रो देश, अरुले बनाउने होइन, हामीले आफैँ बनाउँछौं, हामी अरुको पनि सहयोग लिन सक्छौं, अरुको लगानी आमन्त्रण गर्न सक्छौं, अरुको अनुकूलता, हाम्रो अनुुुकूलता र आवश्यकता, प्राथमिकतामा अरुका लोनहरु पनि आवश्यकता अनुसार स्वीकार गर्न सक्छौं । जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ । यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ । यो देशसँग अहिले पनि युुवा जनशक्ति छ, स्रोत साधन छन्, हाम्रा प्रयासहरु र हाम्रा मित्रहरुका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्ने छौं । म सबै साथीहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छुु । धन्यवाद तथा शुुभकामना ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सिद्धबाबा सुरुङ मार्ग ब्रेक थुपछि भर्चुअल माध्मबाट गर्नुभएको सम्बोधनको अंश

तपाईको बिचार

सम्बन्धित खबर