काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) को १६औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा नेपाली समयानुसार बेलुकी ७:४५ बजेदेखि प्रतियोगिता सुरु हुनेछ।
आजको खेल डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्ससँग चारचोटीको विजेता चेन्नइ सुपर किङ्सबीच हुनेछ। चार वर्षपछि आईपीएलमा ओपनिङ सेरोमनी हुनेछ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नइ सुपर किङ्स आईपीएलको सफलमध्ये १ टिम हो। उनको टिमले मुम्बई इन्डियन्सपछि धेरै उपाधि जितेको छ।
चेन्नइ सुपर किङ्स गएको वर्ष भने जम्मा चार खेल जितेर ९ नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरएको थियो।
गएको सिजनमा लखनउ र गुजरात नयाँ २ टिम जोडिएका थिए। दुवै टिम प्लेअफमा पुगेका थिए भने गुजरातले उपाधि जितेको थियो। यसपल्ट लगभग तिनै खेलाडीका साथ गुजरात मैदानमा हुनेछ। हार्दिक पान्ड्याको कप्तानीमा राशिद खान, राहुल तेवतिया जस्ता खेलाडी छन्।
दुवै टिमको सम्भावित प्लेइङ–११:
गुजरात टाइटन्स: हार्दिक पान्ड्या (कप्तान), शुभमान गिल, म्याथ्यू वेड (विकेटकिपर), साई सुदर्शन, केन विलियम्सन, राहुल तेवतिया, राशिद खान, आर साई किशोर, यश दयाल, अलजारी जोसेफ र मोहम्मद शमी।
चेन्नई सुपर किङ्स: महेन्द्र सिंह धोनी (कप्तान र विकेटपकिपर), डेवोन कन्वे, ऋतुराज गायकवाड, बेन स्टोक्स, अंबाती रायडू, मोइन अली, रवीन्द्र जडेजा, शिवम् दुबे, ड्वेन प्रीटोरियस/मिचेल स्याटनर, दीपक चाहर र सिमरजीत सिंह।
 
								 
							 
                                                             
                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                            
तपाईको बिचार