एकीकृत समाजवादी कर्णालीको अधिवेशन हुँदै, उद्घाटन अध्यक्ष नेपालले गर्ने

एकीकृत समाजवादी कर्णालीको अधिवेशन हुँदै, उद्घाटन अध्यक्ष नेपालले गर्ने

779

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने भएका छन् ।

कात्तिक २६ र २७ गते सम्पन्न हुने कर्णाली प्रदेश प्रथम अधिवेशनमा जम्मा ५ सय २ जना प्रतिनिधि सहभागी हुनेछन् । सुर्खेतको सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाको सिद्धार्थ सभागृह, शनिहललाईन वीरेन्द्रनगरमा यही कार्तिक २६ गते बिहान ११ बजे उद्धघाटन हुने गरी मिति तय भएको  केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रचार बिभाग प्रमुख बसन्त कुमार विश्वकर्माले बताए ।

उनका अनुसार प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कर्णालीका २४ वटै प्रदेश निर्वाचन क्षेत्रबाट छनोट भैसकेका छन् । जसअनुसार सुर्खेत १७, दैलेख ३०, कालिकोट ४१, मुगु ४१, डोल्पा २८, जाजरकोट २९ , रुकुम पश्चिम १८, सल्यान ४९, जुम्ला ३८ , हुम्लामा १३, गरी जम्मा ३ सय ४ जना प्रतिनिधिहरू निर्वाचित भएका छन् ।

त्यसैगरी पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसङ्गठनहरूबाट निर्धारण गरे बमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएकाछन् । यसरी छनोट भएका प्रतिनिधिहरूमध्ये समावेशी तर्फ महिला एक सय २८, दलित ६५, जनजाति ५१ र अन्य ३ सय ३१ गरी जम्मा ५ सय २ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने कर्णाली प्रचार बिभाग प्रमुख  विश्वकर्माले बताए ।

तपाईको बिचार