काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतकै भएको बताएका छन् ।
एक टेलिभिजन कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उपमहासचिव चौधरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतकै हो नी भनेका छन् ।
उनले कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतकै अधिकार रहेकाले उसले दावी लाग्ने भनेका छन् ।
उनले सो भू भागहरू भारतकै हो भन्दै ठोकुवा समेत गरे । चौधरीको उक्त अभिव्यक्ति दिएपछि सामाजिक संजालमा आफ्नै पार्टीका कार्यकर्ताहरूले देशद्रोही भन्दै आपत्ति जनाएका छन् भने पार्टीका शीर्ष नेताहरूलाई यस्ता विषयमा गम्भिर बन्न नेता कार्यकर्ताहरूलाई सचेत गराउन भन्दै टिप्पणी गरेका छन् । चौधरीको विवादास्पद अभिव्यक्तिपछि कार्यकर्ता आक्रोशित हुँदै कारवाहीको माग समेत गरेका छन् ।
यस्तो छ अन्तवार्ताको पुरा रुप-
तपाईको बिचार