पूर्वाधार विकास समितिको टोलीले धुलिखेल- खावा सडक खण्डको अनुगमन

पूर्वाधार विकास समितिको टोलीले धुलिखेल- खावा सडक खण्डको अनुगमन

1027

काभ्रेपलान्चोक  । राष्ट्रिय बहसको विषय बनेको धुलिखेल  खावा सडक खण्डको सरकारले चासो पूर्वक अनुगमन गरेको छ। आज सङ्घीय सांसद प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिको टोलीले धुलिखेल खावा सडक खण्डको अनुगमन गरेको हो  । 

अनुगमनका क्रममा समितिका सदस्यहरूले सडक डिभिजन कार्यालय , ठेकेदार कम्पनी , जिल्ला समन्वय समिति काभ्रे , प्रहरी प्रशासन , स्थानीय निकाय र स्थानीयवासीको रोहबरमा छलफल गरेका  थियो ।

छलफलमा पूर्वाधार विकास समिति सदस्य माधव सापकोटाले गौरी –पार्वती  ठेकेदार कम्पनीले नियत बस काम नगरेको भन्दै ठेक्का सम्झौता खारेज गरि नयाँ ठेक्का लगाउन समिति मार्फत सरकारलाई सुझाब दिन भनिएको प्रष्टयाएका थिए ।

उनका अनुसार ,गौरी –पार्वती ठेकेदार कम्पनीले देश भरका आयोजनामा राम्रोसँग काम गरेको छैन। उसले जहाँपनि ठेक्का सम्झौता गर्ने अलपत्र छोडने गरेको छ। उनले यस अधि नै अध्ययन गरि धुलिखेल –खावा सडक खण्ड सो कम्पनीले बनाउने प्रष्ट भएको बताउँदै, नागरिकलाई आवागमनमा असर नपर्ने गरि ठेक्का रद्द गरि काम गर्न सडक डिभिजन कार्यालयकालाई पनि जानकारी गराएको बताए । 

अर्का समिति सदस्य ठाकुर गैरेले उक्त सडकका सम्बन्धमा समितिको औपचारिक बैठक बसेर सरकार, विभाग र समितिलाई के निर्देशन दिने भन्ने छलफल गर्नुका साथै अबका दिनमा धुलिखेल –खावा सडक खण्डको बाटोमा सरकारले म्याद थपिरहने नागरिकले दुख पाइरहने दिन नआउने प्रतिबद्दता व्यक्त गरे । 

अनुगमन समितिको बैठकमा स्थानीयहरुले ,वर्षौदेखि बाटो नबनेको र ठेकेदारलाई कारवाही पनि नगरिएको भन्दै आक्रोश पोखेका थिए । स्थानीयहरुको आक्रोशलाई रोक्न समितिका सदस्यहरूलाई हम्मेहम्मे परेको थियो ।

उक्त छलफलमा  जिल्ला समन्वय समिति काभ्रेका प्रमुख ,पीडित नागरिकको प्रतिनिधित्व गर्दै स्थानीय नागरिकहरू, स्थानीय निकायका जनप्रतिनिधि सहभागी भएका थिए। 

सो सडकमा पूर्वका काभ्रे ,रामेछाप ,सिन्धुपाल्चोक ,दोलखा जिल्लाका विभिन्न भेगमा दैनिक आवत जावत गर्ने हजारौं निजी तथा भाडाका सवारीसाधनमा यात्रा गर्ने यात्रुले सास्ती खेपिरहेका छन् । 

ठेकेदार कम्पनीको लापरबाहीका कारण सडकमा दुर्घटना बढेको छ।  बर्खाको  खाल्डा खुल्टि र पहिरोले जोखिमपूर्ण यात्रा गर्नु परेको छ। साथै पानी परेको बेला हिलो र घाम लागेको समयमा धुलोले नागरिक असुरक्षित हुदै आएका छन् । 

समितिले काभ्रेको धुलिखेल दोलालघाट खण्डको खावा, सिन्धुपाल्चोकको दोलालघाट तातोपानी खण्डको कोठे, खाडिचौर, जुरे, खागदल, डाकलाङ, १० किलो क्षेत्रहरूको अनुगमन गर्ने  छ । संसदीय समिती सो क्षेत्र हुँदै लिपिङसम्म पुग्ने कार्यक्रम रहेको  समितिका सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं १ का  साम्सद माधव सापकोटाले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर