पाँचथर, ४ असार । पाँचथर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा शुभराज थापा निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनमा नवराज घिमिरेलाई एक सय ५७ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले तीन सय ६८ मत प्राप्त गर्दा घिमिरेले दुई सय ११ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा यसअघि नै नवीन बुढाथोकी निर्विरोध निर्वाचित भएका थिए ।
त्यस्तै सदस्यहरुमा चन्द्रप्रसाद भट्टराई, भिमबहादुर कार्की, उमेश अधिकारी, होमकुमार लावती, लक्ष्मी गौतम, तुलसा तामाङ र सावित्रीदेवी गुरुङ निर्वाचित भएका छन् ।
तपाईको बिचार