बुटवल, ६ वैशाख । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । चैत्र २३ गते मुख्यमन्त्री बनेका जोखबहादुर महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् ।
सत्ता समीकरणमा रहेका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री महराले आज सरकार विस्तार गर्दै ११ सदस्यीय मन्त्रिपरिषद बनाउने तयारी गरेका हुन् ।
भागबण्डामा एमालेले पाँच मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक / एक मन्त्रालय पाउने भएका छन् ।
कुन दलले कुन मन्त्रालय पाउने भन्ने अझै नटुंगिएको बताइएको छ ।
तपाईको बिचार