वर्तमान सरकार जति दिन रह्यो त्यति मुलुक बरबादीतर्फ जान्छ: नेता कोइराला

वर्तमान सरकार जति दिन रह्यो त्यति मुलुक बरबादीतर्फ जान्छ: नेता कोइराला

770

काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र छाड्नुपर्ने बताएका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनमा कोइरालाले वर्तमान सरकार जति दिन रह्यो त्यति मुलुक बरबादीतर्फ जाने बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसामु अब दुईवटा विकल्प मात्रै रहेको उनको भनाइ थियो ।

कोइरालाले भने, ‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसक्यो ।’

कोइरालाले सरकारको हेपाहा र बलमिच्याईले चर्को महँगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए। जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरूको भाउ बढ्नु राम्रो संकेत नभएको उनको भनाइ छ ।

तपाईको बिचार

सम्बन्धित खबर