यस्ताे बन्याे बालेन सरकार

822

काठमाडौँ —  बालेन्द्र शाहले प्रधानमन्त्रीको पद तथा शपथ लिएका छन्। उनीसँगै उनको मन्त्रीमण्डलका सदस्यहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। 

शीतल निवासमा आयोजित विशेष शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शाह र उनको मन्त्रीमण्डलका सदस्यहरुलाई शपथ खुवाएका हुन्।

रास्वपाका धेरै नेताको दाबी रहेको गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङले पाएका छन्। जेन–जी आन्दोलनका बेला चर्चामा आएका गुरुङ गोरखा–१ बाट निर्वाचित भएका छन्। अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल छन् ।

सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा गणेश पौडेल, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा सुनिल लम्साल, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा गीता चौधरी छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी रहेका छन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा सोबिता गौतम, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा विक्रम तिमिल्सिना छन्।

तपाईको बिचार