राष्ट्रिय शैक्षिक परामर्श संघमा भुपेन्द्र सिटौलाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन

1244

१६ फागुन , काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्षमा भुपेन्द्र सिटौला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा आज सम्पन्न संघको सातौं वार्षिक साधारणसभाबाट सिटौलाको अध्यक्षतामा आगामी तीन वर्षको कार्याकालको लागी नयाँ कार्यसमितिको सर्वसम्मत चयन भएको हो। संघको साधारणसभा निवर्तमान अध्यक्ष सन्तोष प्याकुरेलको सभापतित्वमा तथा वरिष्ठ शिक्षाविद विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमण कोइराला र सुवेन्द्र थापा रहेका छन् । महासचिवमा दीपक कोइराला ,सचिवमा प्रद्युम्न बोगटी र प्रतीक्षा श्रेष्ठ र कोषाध्यक्षमा पूर्ण पोखरेल रहेका छन् । त्यसैगरी , सदस्यहरुमा ध्रुव थापा , केशव सिंखडा , विनोद कँडेल, लक्ष्मी खत्री , विनोद बुढाथोकी , एकराज भण्डारी , निरज पौडेल , त्रिलोचन अधिकारी , गणेश श्रेष्ठ र दुर्गादत्त सापकोटा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष सिटौलाले सबैको सहयोगमा सदस्यहरुको हितको संरक्षण गर्दै संस्थालाई नयाँ उचाईमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

तपाईको बिचार