बढ्यो सुनको भाउ, तोलाको ३ लाख नाघ्यो

862

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ । हिजो आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज ४ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।हिजो आइतबार सुनको भाउ तोलामा ३ लाख ५ सय रुपैयाँ थियो ।

शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार भने २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

तपाईको बिचार