काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी नेतृत्वप्रति कडा चेतावनी दिँदै ढिलाइलाई नीति बनाउनु अपराध सरह हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले कांग्रेसभित्र देखिएका समस्याहरूलाई तुरुन्त समाधान गर्न आग्रह गरेका हुन्।
भण्डारीले जिम्मेवारी पाएका व्यक्तिहरू गैरजिम्मेवार बन्न नहुने उल्लेख गर्दै समय नचिन्ने नेताहरू अन्धकारमै ढल्किरहेको टिप्पणी गरेका छन्। उनले त्यसको असर आफूहरूजस्ता इमानदार कार्यकर्ताले समेत भोग्नुपरेको बताए।
उनका अनुसार राजनीति बहानाको खेल नभई निर्णय, साहस र उत्तरदायित्वको अभ्यास हो। ढिलो गर्नु कमजोरी नमानिए पनि ढिलाइलाई नै नीति बनाउनु गम्भीर अपराध हुने उनको भनाइ छ।
तपाईको बिचार