नेपाल सहकारी संस्थाको ३०औं साधारणसभा तथा २९औं वार्षिकोत्सब सम्पन्न

787

काठमाडौं । नेपाल सहकारी संस्था लिमिटेडको ३०औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।
यही पुष ५ गते शनिवार काठमाडौंको जमलस्थित होटेल येल्लो प्यागोडामा सम्पन्न उक्त सभाले संस्थाको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

३०औं साधारणसभाको समुद्धाटन संचालक समितिका जेष्ठ सदस्य बाबुकाजी श्रेष्ठ तथा नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष राकेश कुमार सिंहले संयुक्त रूपमा गरेका थिए। संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिंहले सहकारी क्षेत्रमा विगत ३१ वर्षदेखि निरन्तर ग्राहकसंग सहकार्य गर्दै सेवा सन्तुष्टि, भरोसा र सम्बन्धलाई कायम राख्न सफल अग्रणी एवम् भरपर्दो नेपाल सहकारी संस्था लिमिटेडले आगामी दिनमा पनि सदस्यहरुको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष सिंहले यस वर्ष संस्थाको कर्जा प्रवाह र ऋण असुलीमा प्रभावकारी र सुरक्षित प्रक्रिया अपनाइएकोले सुधार आएको जानकारी दिए। उनले हाल संस्थाको कुल ऋण लगानी रु. २९ करोड ६५ लाख २९ हजार रहेको जानकारी दिए। उनले सहकारीको वित्तीय क्षमता बढाउन यस वर्ष शेयर पूँजीमा कम्तीमा १ करोडले वृद्धि गर्ने योजना रहेको बताए ।

समीक्षा आ. व. मा शेयर पूँजी रु. ४ करोड ६९ लाख ३ हजार ९ सय रहेको यस संस्थाले रु. ६९ लाख ९५ हजार मुनाफा आर्जन गर्न सफल भएको छ।

संस्थाको साधारणसभा कार्यक्रममा वरिष्ठ कानुनी सल्लाहकार रवि शर्मा अर्याल र वरिष्ठ आर्थिक सल्लाहकार अमर किशोर सिंहको विशेष उपस्थिति रहेको थियो । यसैगरी संचालक समितिका उपाध्यक्ष ई. विजय कुमार सिंह, सचिव संजीव सिंह,कोषाध्यक्ष निशा केसी राई, सदस्यहरू सुनिल कुमार सिंह, रुबि सिंह, नारायण श्रेष्ठ, अरुण कुमार साह, लेखा समितिको संयोजक जय कुमार सिंह, सदस्यद्वय अमन सिङ्हानिया र सरस्वती नापित र शेयर सदस्यहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रमको संचालन संस्थाका सचिव संजीव सिंहले गरेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर