माउन्टेन इनर्जी नेपालको २० प्रतिशत  बोनस शेयरको प्रस्ताव पारित

941
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा यही मंसिर २९ गते सोमबार सम्पन्न भएको छ।

सो साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो। साधारणसभाबाट अनुमोदन भएसँगै उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ।

साधारणसभामा अध्यक्ष पाण्डेले प्रस्तुत गरेका आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। साथै, लेखा परीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित वार्षिक वित्तीय विवरणहरू पनि स्वीकृत गरिएको छ।

त्यसैगरी, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरिएको छ।

हाल माउन्टेन इनर्जी नेपाल लिमिटेडले ४२ मेगावाट क्षमताको मिस्ट्री खोला जलविद्युत आयोजना र ५ मेगावाट क्षमताको तादीखोला आयोजनाबाट नियमित रूपमा विद्युत उत्पादन गर्दै आएको छ।

तपाईको बिचार

सम्बन्धित खबर