काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता हुदैछ । केन्द्रीय निर्वाचन आयोगले सार्बजनिक गरेको निर्वाचन तालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । मतदान भने भोलि हुनेछ ।
एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् ।
यसैबीच पोखरेल समुहले आफ्नो प्यानलबाट उम्मेदवार बनाउनेको सुची तयार गरेको छ । नयाँ व्यवस्था अनुसार १९ पदाधिकारी हुने भएकाले पोखरेल पक्षलाई उम्मेदवार छनौटमा सहज भएको बताइएको छ ।
पोखरेल समुहका एक नेताका अनुसार अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बन्ने निश्चित भएको छ ।
त्यस्तै यसअघि महासचिवमा दाबि गरिरहेका गोकर्ण विष्ट उपाध्यक्षको उम्मेदवार बन्ने निश्चित भएको छ भने बिन्दा पाण्डे र अरुण नेपाललगायतको पनि उपाध्यक्षमा चर्चा रहेको छ । त्यस्तै सचिवमा भने पोखरेल पक्षबाट विनोद ढकाल, गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरेको नाम लगभग टुंगिएको बताइएको छ । त्यसै कृष्णगोपाल श्रेष्ठ, पुरुषोत्तम पौडेललगायतको नाम पनि सचिव पदमा चर्चामा रहेको छ ।
उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।
तपाईको बिचार