बारा । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी गरिएको छ ।
आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।
आज विरगंज-पथलैया सडकको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरी ५०० मिटरसम्म कर्फु लगाइएको छ ।
नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवा बीच बुधबार भएको झडपका कारण अशान्त बनेको सिमरामा विहिबार युवाहरु निस्किएका छन् ।
बुधबार जेनजी युवाहरुमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको भन्दै उनीहरुले कारवाहीको माग गर्दै विहिबार पनि प्रदर्शन जारी राखेका हुन् ।
प्रहरी प्रशासन र युवाहरुबीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ ।
बुधबार एमाले नेता महासह्चिव शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न भन्दै जेनजी युवाहरुले सिमरा विमानस्थल बाहिर अवरोध गरेपछि दुइपक्षीय भिडन्त भएको थियो ।
तपाईको बिचार