काठमाडौँ । चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएका छन् । सरकारले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटा प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्राडा विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा.पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा बुद्धि पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.भरत खत्री उपकुलपति नियुक्त भएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार प्रधानमन्त्री ओलीबाट नवनियुक्त उपकुलपतिहरूले नियुक्तिपत्र बुझेका छन् ।
सत्तारुढ दलहरूले उपकुलपतिहरूको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा गरेका छन् । नेकपा एमालेको भागमा पाटन र पोखरा स्वास्थ्य विज्ञान परेको छ भने बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाली कांग्रेसको भागमा परेको छ ।
पौडेल र खत्री नेकपा एमाले निकट हुन् । त्यस्तै कर्णाली र वीपी स्वास्थ्य प्रतिष्ठान कांग्रेसको भागमा परेको छ । श्रेष्ठ र रोकाया नेपाली कांग्रेस निकट हुन् ।
तपाईको बिचार