काठमाडौ । नेपाली कांग्रेसका नेता, पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेससँग गाैरवपूर्ण इतिहाससँगै देशलाई आर्थिक, सामाजिक रूपमा अघि बढाउन सक्ने क्षमता रहेकाे बताउनुभएकाे छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पाेखरामा आयाेजना गरेकाे कार्यकर्ता भेटघाट कार्यक्रममा बाेल्दै यस्ताे बताउनुभएकाे हाे ।
उहाँले अबकाे कार्यभार आर्थिक समृद्धि रहेकाे भन्दै त्यसका लागि सुदृढ कांग्रेस बनाउनुपर्नेमा जाेड दिनुभयाे ।
पार्टीलाई संस्थागत रूपमा चलाउनुपर्नेमा आफूले जाेड दिँदै आएकाे भन्दै उहाँले पार्टी नेतृत्व र कार्यकर्ताले आफ्नाे ऊर्जा संगठन सुदृढ बनाउनका लागि लगाउन आग्रह गर्नुभयाे । नेता सिंहले पार्टीमा लागेर पार्टीबाट लिने भन्दा देश र समाजका लागि याेगदान गर्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनुपर्ने पनि बताउनुभयाे ।
`राजनीतिक नेतृत्व मात्र हाेइन आउने दिनमा आर्थिक क्रान्तिकाे नेतृत्व पनि कांग्रेसले गर्नुपर्नेछ´ , उहाँले भन्नुभयाे । कार्यवाहक प्रधानमन्त्री समेत रहनुभएका सिंहले अहिलेकाे गठबन्धन परिस्थितिकाे उपज रहेकाे बताउनुभयाे ।
तपाईको बिचार