एसीसी यु–१६ क्रिकेट : नेपाल जापानसँग भिडदै

एसीसी यु–१६ क्रिकेट : नेपाल जापानसँग भिडदै

682

काठमाडौं, १० असार । एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दैछ।

लगातार दोस्रो जितको लक्ष्यमा रहेको नेपालले  आज जापानसँग मैदानमा उत्रिन लागेको हो ।

सो खेल मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ।नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दैछन्।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरमा हराएको थियो।

विपिन प्रसाद शर्माको कप्तानीमा रहेको नेपाल प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट जस्ता खेलाडीका साथ मैदानमा हुनेछन् ।

तपाईको बिचार

सम्बन्धित खबर