शिक्षकहरुले समितिका सभापति थापाको राजिनामा मागे

शिक्षकहरुले समितिका सभापति थापाको राजिनामा मागे

639

काठमाडौं । आन्दोलनरत शिक्षकहरू प्रतिनिधिसभाको शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाको राजिनामा माग गरेका छन् । शिक्षकहरु थापामाथि आक्रोशित हुँदै झम्टिएर राजिनामा माग गरेका हुन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई नेपाल) ले आज(बिहिबार) आयोजना गरेको विद्यालय शिक्षा विधेयक छलफल कार्यक्रममा समितिका सभापति थापामाथि शिक्षकहरू आक्रोशित भएका हुन्।

उक्त कार्यक्रममा उनले शिक्षकहरू आन्दोलन छाडेर पढाउनतिर लाग्नुपर्ने बताएका थिए। उनले शिक्षकहरूकै कारण शिक्षा विधेयक जारी गर्न समस्या भएको पनि बताएका थिए। उनले भने,‘शिक्षकहरू आन्दोलन तिर होइन,पढाउनतिर लाग्नुपर्छ,आन्दोलन स्थगित गर्नुस्, शिक्षा विधेयक चाही तपाईँंहरूका कारण ल्याउन ढिला भएको हो, जसलाई पनि संशोधन हाल्न लगाएका छन्, जसलाई पनि भेटेका छन्।’

उनले आफ्नो भनाइ राखेपछि भने शिक्षकहरू उनीप्रति आक्रोशित भए। शिक्षकहरूले उनीमाथि झम्टिए। नेपाल शिक्षक महासंघकी सहअध्यक्ष एवं अहिलेको भइरहेको आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले आक्रोशित हुँदै भनिन्,‘तपाईँ को हो ?,शिक्षकहरूलाई अपमान गर्ने ?,हामी आयोगबाट आएको शिक्षक हो,तपाईँ को हो ? अपमान गर्न मिल्छ? जे पनि भन्ने।’

अरू शिक्षकहरू पनि सभापतिमाथि जाइलागे। अरू कोही भने छुटाइरहे। केही शिक्षकहरूले सभापति थापाले शिक्षकहरूलाई अपमान गरेको भन्दै राजीनामा माग गरेका छन्।

 

तपाईको बिचार

सम्बन्धित खबर