आजवाट एसईई परिक्षा सुरू, ५ लाख १४ हजार बिधार्थी सहभागी

आजवाट एसईई परिक्षा सुरू, ५ लाख १४ हजार बिधार्थी सहभागी

697

काठमाडौं । यस बर्षको एसईई परीक्षा आजवाट सुरू हुदैँछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ ।

यस बर्षको परिक्षामा पाँच लाख १४ हजार बिधार्थी सहभागी हुने भएका छन भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसईई दिदैँछन ।

एसईई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको छ ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुदैँछ ।

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ भने सोही गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर