काठमाडौँ । एकातिर अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कडाइ अर्कातिर नेपालमा मोस्ट वान्टेड व्यक्तिलाई अमेरिकामै आश्रय । यति हुँदाहुँदै पनि ललितपुरको कुम्भेश्वरस्थित मितेरी सहकारीको १३ करोड रुपैयाँ हिनामिना गरेर फरार नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङको अमेरिका बसाइ शानदार चलिरहेको सूचना प्राप्त भएको छ । उनले ५० लाख रुपैयाँ पर्ने एसयुभी गाडी खरिद गरेकी छिन् भने शानदार अपार्टमेन्टमा बसिरहेकी छिन् । क्यासिनोमा काम गरेकी उनीबारे अनेक समाचार आएपछि क्यासिनोबाट निकालिएपछि क्यासिनोबाट निकालिएपछि उनलाई साथी प्रज्ञा न्यौपानेले अर्को काम खोजिदिएकी थिइन् ।
एनआरएनए अभियान्ता रविसिंह बस्नेतको हालिमुहाली चल्ने यती रेष्टुरेन्टमा पनि ज्योतिले काम गरेकी थिइन् । उनीहरुको अमेरिकामा जमेको जोडी देखेर नेपालीहरु भन्ने गर्छन्, ‘साथी हुनु त ज्योति र प्रज्ञाजस्तो ।’ जसले नेपालमा मोस्टवान्टेडलाई पनि अमेरिकामा काम खोजिदिइरहेकी छिन्, हरपल साथ दिइरहेकी छिन्, पार्टीदेखि सपिङ मलमा किनमेलमा समेत उनीहरु सँगै हुन्छन् । हालै ज्योति गुरुङले अमेरिकामा छोराको विवाहको पार्टी दिएकी थिइन् । १० जना बोलाइएको पार्टीमा ७ जना आएका थिए । यसअघि केही महिना पहिले प्रज्ञाको जन्मदिनमा मनाइएको भव्य पार्टीमा पनि साथीभाइले दिएको दिएको गिफ्ट, नगद र जिन्सी ज्योतिले नै सम्हालेकी थिइन् । ज्योति र प्रज्ञाको कनेक्सनबारे सिआइइबीले अनुसन्धान गरिरहँदा एउटा मोस्ट वान्टेडलाई के स्वार्थले साथ दिइरहेकी छिन् भनेर अनुसन्धान चलिरहँदा प्रज्ञा पनि रेड कर्नर नोटिस लगाएर नेपाल ल्याउने कि भन्ने तहमा प्रहरी प्रशासन पुगेको बताइएको छ ।
नेपालमा प्रहरी प्रमुख फेरिएसँगै सिआइबीले प्रज्ञालाई नेपाल झिकाएर अनुसन्धान गर्ने या देखिएको संलग्नताले रेडकर्नर नोटिस नै लगाउने भन्नेमा प्रहरी प्रशासन छलफलमा जुटेको छ । प्रज्ञाकोे ज्योतिलाई साथ अमेरिकास्थित रोहनट पार्कमा बस्दै आएका प्रज्ञाको ठेगाना नै अमेरिकामा हुँदा ज्योति गुरुङको पनि ठेगाना हुने गरेको थियो । ज्योति सानफ्रान्सिस्को आएदेखि नै प्रज्ञासँग नजिक रहेको अनुसन्धानमा देखिएको छ । नेपालमा मोस्टवान्टेड हुनुअघि नै सहकारीको रकम हिनामिना गरेर फरार ज्योति हङकङबाट अमेरिका जाँदा प्रज्ञाले नै अमेरिकामा व्यवस्थापन गरेकी थिइन् । प्रज्ञाले ज्योतिलाई क्यासिनोमा जागिर लगाएकी थिएन् ।
यता अमेरिकामा व्यवस्थित बसोबास गरिरहेकी मोरङकी प्रज्ञा नै नेपाल आएर ज्योतिको आमासँग भएको रकम तथा अरु सम्पत्ति व्यवस्थापन गरेकी थिइन् । यो कामका लागि उनी नेपालमा दुई पटक आएर करिब ६–६ महिना बसेको अनुसन्धानमा देखिएको छ । काठमाडौँमा नातिनी हेर्न बसेकी ज्योतिकी आमा धान्ती पोखरा फर्केकी छिन् भने सम्बन्ध विच्छेद भएको पत्नी ज्योति गुरुङ भेट्न तेस्रोपटक धनराज अमेरिका जाँदा छोरी छाडेर आएका थिए । जबकि सम्बन्ध विच्छेदमा छोरी आफूले पाल्ने भनेर धनराजले सहमति गरेका थिए ।
अमेरिकामा ज्योतिलाई प्रज्ञाले साथ दिएबापत नेपालमा भने ज्योतिको रकम प्रज्ञाले रियलस्टेट, हाउजिङ, हाइड्रोपावरमा लगानीबारे अनुसन्धान भइरहेको छ । रकम उनको मात्र नभएर उनकी पति रविसिंह बस्नेत, माइती र अन्य घरपरिवारका सदस्यको नाममा समेत लुकाइएको हुनसक्ने आँकलन गरिएको छ । यसबारे पनि सिआइबीले अनुसन्धान जारी राखेको छ । प्रज्ञाको नेपालस्थित विभिन्न बैंकमा भएको मोटो रकमबारे पनि अनुसन्धान चलिरहेको छ । ज्योति गुरुङको सात करोड रुपैयाँ भन्दा बढी रकम प्रज्ञाको नाममा सारेर लगानी भएकोबारे सिआइबीले गरेको अध्ययनका आधारमा उनलाई रेडकर्नर नोटिस लगाउन सकिने देखिएको छ ।
 
								 
							 
                                                             
                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                            
तपाईको बिचार