आफ्नै मिडियाको  सिफारिसमा पत्रकारको पास  निलम्बन गरेको  खुलासा 

आफ्नै मिडियाको  सिफारिसमा पत्रकारको पास  निलम्बन गरेको  खुलासा 

1055

काठमाडौं। संसद् सचिवालयले खारेज गरेका दुई प्रेस पास मध्ये एक पत्रकारको भने आफ्नै संस्थाको सिफारिसमा निलम्बन  भएको खुलासा भएको छ।
सङ्घीय संसद् सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भनेर पत्रकाद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको थियो  ।
संसद् सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ । सोही प्रवेश पास महासचिव स्तरीय निर्णयबाट निलम्बन गरिएको थियो । सो निलम्बनको नेपाल पत्रकार महासङ्घ लगायतका सङ्घ संस्थाले विरोध जनाएका छन् ।
पत्रकार किशोर श्रेष्ठको पास भने उनलाई पास उपलब्ध गराउने संस्थाको अनुरोधमा निलम्बन गरिएको खुलासा भएको छ। कोशी मिडिया नेटवर्क प्रालिले आफ्ना पत्रकार किशोर श्रेष्ठलाई पास उपलब्ध गराउन सिफारिस गरेकोमा   छ महिना देखि उनी त्यस मिडियासँग सम्बद्ध नरहेको ले खारेजका लागि संसद सचिवालयलाई पत्राचार गरेको उल्लेख छ।
‘यस मिडिया प्रालिद्वारा संचालित कोशी दैनिक डटकम अनलाईनको संवाददाता किशोर श्रेष्ठलाई संसदीय गतिविधिको विषयमा रिपोर्टिङ गर्ने उद्देश्य साथ प्रेस पास उपलब्ध गराउनका लागि सिफारिस गरिएकोमा विगत ६ महिनादेखि श्रेष्ठ यस मिडिया प्रालिमा आवद्ध नरहेकाले उहाँको प्रेस पास खारेजका लागि अनुरोध छ’ ।अध्यक्ष सुमन घिमिरेले संसद् सचिवालयलाई लेखेको पत्रमा उल्लेख छ।

तपाईको बिचार

सम्बन्धित खबर