काठमाडौं। नेपालीमा एउटा उखान छ – जति भाँडा रित्ता उति आवज चर्को। त्यस्तै भएको छ नेकपा एस भित्र । गएको चुनावमा १० सिट जितेर पनि राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एसमा यो उखान लागु भएको छ।
शुक्रबारदेखि सुरू भएको दोस्रो केन्द्रीय कमिटी बैठकको पहिलो दिन दर्जनौ केन्द्रीय सदस्य तथा सांसद किसान हरु सहभागी थिएनन् । सहभागी नभएका सदस्यहरूले अनुपस्थितिको कारण खुलाएका छैनन् ।तर उनीहरु अधिकांश पार्टी नेतृत्व प्रति असन्तुष्टि जनाउँदै अनुपस्थित भएको बुझिएको छ।
पार्टी नेतृत्वले भने अनुपस्थित हुने केन्द्रीय सदस्यहरूलाई कारण सोधिने भएको छ । ती केन्द्रीय सदस्यको नामावली महासचिव घनश्याम भुसालले संकलन गरेर आफूसँगै राखेको स्रोतले बतायो ।
नेकपा एसको विभिन्न केन्द्रीय आयोगसहित ३४४ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।
तपाईको बिचार